२०८२ असार ५ गते बुधवार | 2025 June 18th Wednesday

आजदेखि मनसुन नेपालमा प्रवेश

काठमाडौ, २८ जेठ । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालमा सोमबार अर्थात् जुन १० तारिख प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जेठ २८ गते सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो। नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो ।

यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो। महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ ।’ भारतको उत्तर- पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमशस् देशमर फैलिन्छ ।

मनसुन प्रवेश गरेसँगै औपचारिक रूपमा बर्खायाम सुरु भएको छ । यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस