२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

तीन दिन अझै तातो लहर चल्ने सम्भावना

काठमाडौ, २९ जेठ । देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अझै तीन दिन तातो लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी तीन दिन मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा तातो लहर चल्ने सम्भावना रहेको बताएको हो।पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्याधिक गर्मीको सम्भावना रहेको छ । महाशाखाले तातो लहरको  असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस