
दाङ, ३० जेठ । दाङ तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिएका छन ।
बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार