२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

प्रदेश मातहतका स्वास्थ्य संस्थालाई संघले उपेक्षा गर्‍यो : मन्त्री पुन

दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले मात्रै पुग्दैन । तर, संघीय सरकारले प्रदेशले गर्छ भन्दै उपेक्षा गर्छ ।’

जनता संघका र प्रदेशका अलग-अलग नहुने भन्दै जनताको जीवनरक्षा गर्ने दायित्व तीनै तहका सरकारको भएको बताए । जनताको समस्या समाधान गर्न तीन तहका सरकारले एकिकृत योजना बनाउनुपर्ने मन्त्री पुनको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस