दाङ, ३२ जेठ । विश्व रक्तदाता दिवसको अवसर पारी लायन्स क्लब अफ दाङ क्यापिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदाता दिवसको अवसर पारी आज लायन्स क्लब अफ दाङ क्यापिटलले रेडक्रसको भवन प्रादेशिक अस्पतालमा तुल्सीपुर दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि (District Governer 325 N) बिनोद कुमार श्रेष्ठले लायन्स क्लब अफ दङ क्यापिटलले विभिन्न समयमा समाजमा सकारात्मक संदेश छाड्ने काम गर्दै आइरहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै उनले आफुहरुले ७७ ओटै जिल्लामा सामाजिक कार्य गर्दै आइरहेको समेत बताए आफू हरुले ७७ ओटै जिल्लामा रगतको अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर विभिन्न समयमा रक्तदान गर्दै आइरहेको समेत बताएका थिए । लायन्सले विभिन्न क्षेत्रमा निस्वार्थ भावनाका साथ काम गरिरहेको बताउदै आफुहरुले कुनै पनि संस्था बाट लिने नभै दिने मात्र गरेको जिगिर समेत गरेका थिए ।
कार्यक्रममा विशिष्टअतिथि तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले केहि समय अगाडि सम्म रक्तदान गर्ने भन्दा डराउने प्रचलन थियो र कहिँ कतै अझै पनि रहिरहेको यो समयमा लायन्स क्लब अफ दाङ क्यापिटलले गरेको यो कार्य मानवयोग्य रहेको भन्दै उद्योग बाणिज्य संघको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । आज विश्वमा मनाइने यो अभियान आफ्नो सहरमा पनि मनाएको भन्दै अझ यसलाई चारैतिर लैजान आवश्यक रहेको समेत बताएका थिए ! ठुलो ठुला हस्पिटल हरुमा अझै पनि चिनजानको भरमा रगत दिने प्रचलन रहेको भन्दै त्यसलाई चिर्दै अब सबै नागरिकले सरल तरिकाले आवश्यक परेको रगत पाउने बातावरण सिर्जना गर्नु पर्ने समेत के सिले बताएका थिए ।
यस्तै लायन्स क्लब अफ क्यापिटल दाङका संस्थापक अध्यक्ष हिमाल डाँगीले आफू हरुले नियमित सामाजिक कार्य गर्दै आइरहेको बताए । अहिलेको समयमा पनि कसैले रगत अभावकै कारण ज्यान गुमाउन पर्ने अवस्था आएको र पछिल्लो समयमा रगतको अभाव दिनहुँ बढ्दै गहिरहेको हुँदा आफू हरुले रगतकै अभावले कसैले ज्यान गुमाउनु नपरोस् भन्दै यो कार्यक्रम संचाल गरेको बताए । उनले पछिल्लो समयमा कलिला युवाहरु कुलतमा फसि विभिन्न अपराधमा मुछिदै आइरहेको बताए । ती युवाहरुलाई कुलतबाट मुक्त गरि सुन्दर सहरको सुरक्षित सहर बनाउनको लागि सम्पुर्ण नागरिक हरु अग्रसर हुनुपर्ने समेत बताउदै हाम्रो सहरलाई अपराधी क्रियाकलाप बाट मुक्त गरि सुन्दर सहर बनाउन लायन्स क्लब अफ दाङ क्यापिटल सधै साथमा रहेको समेत बताए ।
यस्तै सफा अभियानका संयोजक पदम पोख्रेलले रक्तदान गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै, कुनै पनि सामाजिक कार्य गर्दा पार्टीगत नभएर साझा शुद्ध पबित्र मनले गर्नु पर्ने बताएका थिए । आफुहरु ले पनि विगत १ वर्ष पहिले देखि सफा अभियान चालाएको र आफुहरुले चालाएको अभियान बाट सम्पुर्ण नगरवासि सकारात्मक भएको बताए । साथै आफू हरेक सामाजिक कार्यमा जोइदै आईरहेको र आफू हरुले गर्दै आएको सफा अभियानमा लाईन्स क्लब अफ दाङ क्यापिटलको टिम लाई पनि जोडिन आग्रह समेत गरेका थिए ।
यस्तै लायन्स क्लब अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीले आफु अहरुले हिजो देखीनै समाजमा सकारात्मक प्रभाव छाड्न खोजिरहेको बताए । आफुहरुले विभिन्न सम्पन्न नागरिकलाई जहाँ दुख पर्छ त्यहाँ आफुहरु पुगेर सकेको सहयोग गरेको समेत बताए । आफुहरुले अहिले १३ नं. वडामा आगो लागि पीडित एक परिवारलाई घर बनाइदिएको र त्यो अन्तिम चरणमा रहेको बताउदै अब लगत्तै आफू हरुले स्वास्थ शिविरको लागी कहाँ गर्ने भन्ने छलफल भैरहेको र अब लगत्तै स्वास्थ शिविर संचालन गर्ने समेत बताएका थिए ।
क्लबका दोस्रो उपाध्यक्ष डम्बर के सिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव प्रकाश भुसालले गरेका थिए ।