२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

संसद भवनभित्र प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा मृत फेला

काठमाडौ, ५ असार । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवन भित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालय भित्र मृत फेला परेका हुन् ।

स्रोतका अनुसार उनी आफैंले आफैंलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस