२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

मट्टीतेल सेवनबाट ३ बर्षिय बालक गम्भीर बिरामी

दाङ, ५ असार । दाङको तुलसीपुरमा मट्टीतेल सेवन गर्दा ३ बर्षिय बालक गम्भीर बिरामी परेका छन् । आज दिउँसो करिब ३ बजेतिर आफ्नै घरमा खेल्ने क्रममा घरमै राखेको मट्टीतेल सेवन गर्दा गम्भीर बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।

तुलसीपुर ८ अश्वार बस्ने प्रकाश बिकका ३ बर्षिय छोरा आरोश बिक गम्भीर बिरामी परेका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले बताएको छ । आमा-बुवा काम बिशेषले तुलसीपुर बजार आएको बेला उनले मट्टीतेल सेवन गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस