२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौ, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको भनाई छ । गत चैत १५ गते देखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस