२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

तुलसीपुर वाणिज्य संघद्धारा इप्रका तुलसीपुरलाई मोटरसाइकल हस्तान्तरण

दाङ, १४ असार । ‘सुन्दर तुलसीपुर – सुरक्षित तुलसीपुर’ अभियान अन्तरगत तुलसीपुर उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई एउटा नयाँ पल्सर मोटरसाइकल दिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत इप्रका तुलसीपुरलाई शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले मोटरसाइकल किनेर दिइएको संघका अध्यक्ष विनिल केसीले  बताए । साथ, संघले तुलसीपुर उपमहानगरपालिकालाई आधुनिक बारुण यन्त्र ( दमकल ) किन्न १० लाख आर्थिक साहयता गर्ने घोषणा गरेको छ । अध्यक्ष केसीले उपमहानगरपालिकालाई दमकल किन्न १०  लाख आर्थिक साहयताका घोषणा गरेका हुन ।

‘उपमहानगरमा अहिले एउटा पुरानो बारुण यन्त्र छ र त्यो बिग्री रहन्छ,’ उनले भने, ‘ उपमहानगरलाई आधुनिक बारुण यन्त्र किन्नका लागि संघ दश लाख आर्थिक साहयताको घोषणा गर्दछ ।’ संघले सामाजिक उत्तरदायित्व अन्तरगत आचार्य कुलमको योगा भवन निर्माणका लागि ५० हजार  , मानव आश्रम दाङको भवन निर्माण सहयोगार्थ १ लाख ५५ हजार, अपाङ्ग संघ दाङलाई ११ हजार बढी आर्थिक साहयता गरिएको उनले बताए । संघको संघको निर्णयको तुलसीपुरका मेयर टीकाराम खड्काले स्वागत गर्दै तुलसीपुर बनाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।

मेयर खड्काले तुलसीपुर बारे नकारात्मक टिप्पणी गर्ने तथा शान्ति सुरक्षाको बारेमा आशंका पैदा गर्नेहरूले छिटफुट घटनालाई लिएर गलत प्रचार बाजी गरि रहेको भन्दै त्यस्ता आपराधिक गतिविधि निस्तेज पार्न साझा प्रयास जरुरी रहेको बताए ।‘ आउनुहोस् मिलेर जाउँ,’ मेयर खड्काले भने ‘ तुलसीपुरमा कहाँ – कहाँ सिसी टिभी राख्नु पर्ने हो रु रिपोर्ट तयार पार्नुहोस् त्यसमा पनि हातेमालो गरौँला ।’इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोख्रेलले संघले नि: शुल्क रुपमा नयाँ पल्सर मोटरसाइकल उपलब्ध गराउँदा प्रहरी थप उत्साहित भएको बताए ।

‘प्रहरीसँग साधन स्रोतको अभाव छ,’ पोख्रेलले भने ‘अब क्यूआरटीलाई गस्तीमा जान थप सजिलो हुने छ ।’संघका यसअघिका अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्ष हिमाल बस्नेत लगायतले तुलसीपुरको शान्तिसुरक्षा र विकासका लागि सबैले हातेमालो गर्नु जरुरी रहेको बताएका थिए । हालसालै संघको पहलमा लुम्बिनी सरकारले तुलसीपुरका चार स्थानमा हाइमाष्ट लाइट स्थापना गरिएको हुँदा त्यसले रातिमा हुने तुलसीपुरमा हुने चोरी तथा अपराधका घटना न्यूनिकरणमा सघाउने उनीहरूको आशा थियो । उज्यालो र सुरक्षित तुलसीपुर राख्न स्थानीय सरकार थप जिम्मेवार हुनुपर्ने उनीहरूले बताएका थिए ।

सुन्दर तुलसीपुर र सुरक्षित तुलसीपुर अभियान अन्तरगत नबिल बैंकको तुलसीपुर शाखाले २० हजार सचेतनामूलक स्पिकरहरू सौजन्यको निर्णय गरेको  संघका महासचिव केशव केसीले जानकारी दिएका थिए । मोटरसाइकल हस्तान्तरण कार्यक्रमको स्वागत  संघका उपाध्यक्ष नरेशराज भण्डारीको स्वागतबाट सुरु भएको थियो भने सहजीकरण महासचिव केशव केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस