२०८३ जेष्ठ २६ गते मङ्गलवार | 2026 June 9th Tuesday

तुलसीपुरका दुई विव्यस अध्यक्षलाई काम गर्न दिन अदालतको अन्तरिम आदेश

दाङ, १४ असार । उच्च अदालत तुलसीपुरले तुलसीपुरका दुई विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । अदालतले महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे (अरुण) र माध्यमिक विद्यालय अस्वाराका अध्यक्ष किरण बहादुर शाहलाई अर्को आदेश नभएसम्मका लागि काम गर्न दिन बिहिबार अन्तरिम आदेश जारी गरेको हो ।

बरिष्ठ अधिवक्ता डिल्लीराज धिताल र अधिवक्ता पुष्कार बहादुर भण्डारीले गरेको बहसपछि अदातले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको टुंगो नलागेसम्म अध्यक्ष नै कामय हुने आदेशमा भनिएको छ । गैरअभिभावक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन नहुने भन्दै अख्तियारले तुलसीपुर उपमहानगरपालिकालाई हटाउन निर्देशन दिएको थियो । 

सोहि बमोजिम तुलसीपुर उपमहानगरपालिकाले गत जेठ १६ गते दुई जनालाई अध्यक्ष पदबाट हटाएको जानकारी गराएको थियो। तर आफहरुले काम गर्न पाउनपर्ने माग राखेर दुवै जना अध्यक्षले तुलसीपुर उपमहानगरपालिकालाई विपक्षि बनाई उच्च अदालत तुलसीपुरमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस