काठमाडौ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए । उक्त बैठकले संसद् फेस गरेर विश्वासको मत लिने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै तत्काललाई नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको छ । संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार