२०८२ जेष्ठ ३१ गते बिहिवार | 2025 June 12th Thursday

पुनः प्रदर्शन हुँदै ‘बुलाकी’

काठमाडौँ, २० असार । फिल्म ‘बुलाकी’आउँदो साउन ३२ गते पुनः प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा कलाकार विराज विष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साउन ३२ देखि पुनः प्रदर्शनमा गर्न लागेको जानकारी दिएका हुन् ।

देश तथा विदेशका विभिन्न फिल्म महोत्सवमा सहभागी हुँदा दर्शकबाट आएकाे कमेन्टलाई मध्येनजर गर्दै परिस्कृत स्वरुपमा पुनः प्रदर्शनमा गर्न लागेको फिल्मका कलाकार एवं निर्माता समेतरहेका विराज विष्टले बताएका हुन ।

‘छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको हाम्रो फिल्म ‘बुलाकी’ यसअघि २०८० सालको पहिलो दिन प्रदर्शनमा ल्याएको सर्वविदितै छ । तत्कालीन समयमा उत्पन्न परिस्थितिका बिच हामीले प्रदर्शनको दोस्रो दिनमै स्थगित गर्ने निर्णय गरेका थियौँ । दुई दिनको छोटो समयमै पनि दर्शकले दिनुभएको प्रेम, चलचित्रकर्मी तथा हल व्यवसायीहरूले दिनुभएको स्थानप्रति कृतज्ञ छौँ ।’

गत वर्ष २०८० मा हलवालाले कम शो दिएको भन्दै उनीहरुले दोस्रो दिनमै हलबाट फिल्म उतारेका थिए । साेही मितिमा अन्य दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ प्रदर्शन भएकाे थियाे ।

लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । अन्य कलाकार नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ । जारी प्रथामा आधारित फिल्ममा कर्णाली भेगको परिवेशमा आधारित छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस