दाङ, २३ असार । शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका एक युवक मृतअवस्थामा फेला परेका छन् । शनिबार लमहीबाट दुघ बेचेर फर्किएका राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव हस्नापुर घाटबाट बगेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार बेपत्ता यादवको शव आज बिहान फेला परेको जानकारी दिएका छन् । यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको प्रहरीले जानकारी दिएको छ । यादव संगै बाढीमा फसेका दुईजना युवालाई सशस्त्र प्रहरीले उद्दार गरेको थियो ।
प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार