दाङ, ३१ असार । लायन्स क्लव अफ दाङ क्यापिटलले आज एक औपचारिक कार्यक्रमका बीच वर्ष 2024/25 को लागी पद हस्तानतरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज ज्ञान ज्योति आधारभूत विद्यालय तुल्सीपुर ५ दाङमा लायन्स क्लव अफ दाङ क्यापिटलले एक औपचारिक कार्यक्रमका बीच बर्ष 2024/25 को लागी पद हस्तानतरण कार्यक्रम सम्पन्न गरेको हो । जसमा क्लबले पद हस्तान्तरण संगै विद्यालयलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।
वर्ष 2024/25 को लागी अध्यक्षमा भिम प्रकाश वलि, प्रथम उपाध्यक्षमा अजित खनाल , दृतीय उपाध्यक्ष डम्बर के सि, सचीव प्रकाश भुशाल, कोषाध्यक्षमा दिपकराज खड्का , सदस्यमा सुरेन्द्र बोहरा, कमल जलन के सि, खेमराज वलि, हरि राना मगर निर्वाचित भएका हुन् । पद हस्तान्तरण कार्यमा बोल्दै प्रमुख अतिथि जिल्ला 325 N का जिल्ला गभर्नर बिनोद कुमार श्रेष्ठले लायन्स क्लव अफ दाङ क्यापिटलले धेरै उदाहरणीय काम गर्दै आइरहेको बताए निस्वार्थ भावनाका साथ स्थापना भएको यो क्लब आज सामाजिक क्षेत्रमा पनि धेरै उदाहरणीय काम गर्दै आइरहेको बताए ।
यस्तै उनले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लायन्स क्लव अफ दाङले विगतको भन्दा अझ उदाहरणीय कार्य गर्दै समाजमा सकारात्मक प्रभाव छर्न सक्ने टिमको रुपमा स्थापित हुने विश्वास रहेको बताए ।
यस्तै कार्यक्रमका सभाध्यक्ष वर्ष 2023/24 का अध्यक्ष दिपक केसीले आफुहरुले 2023/24 मा गरेका सम्पुर्ण कामको विवरण सुनाएका थिए । समाजमा सकारात्मक प्रभाव छर्ने उद्देश्यले आफु लायन्समा जोडिएको बताए । आफु लाई लायन्स क्लव अफ दाङ क्यापिटलले बर्ष 2023/24 को अध्यक्षको रुपमा स्थापित गर्दा आफूले सकेजतिको निस्वार्थ भावनामा केहि उदाहरणीय कार्य गर्न सफल भएको बताए । यस्तै उनले कुनै पनि व्यक्तिलाई समूह बिना कुनै पनि कार्य गर्न असहज हुन्छ तर लायन्स क्लब अफ दाङ क्यापिटलले सक्रिय समूह पाएको कारण आफूलाई काम गर्न सहज भएको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै उनले निर्वाचित सम्पूर्ण टिमलाई पद हस्तान्तरण गर्दै, बधाई दिँदै आफू संधै लायन्स क्लव अफ दाङ क्यापिटल सँगै रहने बताए । आफ्नो कार्यकाल सकिए पनि आफूले सकेको जति टिमसँगै रहेर अझ उदाहरणीय कार्य गर्न आफू सधैँ तयार रहेको बताउदै नयाँ टिमलाई शुभकामना दिएका हुन् ।
बर्ष 2024/25 का प्रथम उपाध्यक्ष अजित खनालको स्वागत मन्तव्य बाट सुरु भएको उक्त पद हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह , बिद्यालयका प्र. अ. मेघराज घिमिरे , समाजसेवी पदम पोखरेल (जेठु-कान्छू) लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण वर्ष 2024/25 का सचीव प्रकाश भुसालले गरेका थिए ।