काठमाडौ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका हुन ।
पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका हुन । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्मालेका थिए ।
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार