२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

काठमाडौ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेको र उक्त प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गरेकामा ओलीले भारी बहुमतसहित विश्वासको मत पाएका हुन् ।

संसदमा उपस्थित २६३ सांसदमध्ये ओलीको पक्षमा १८८ मत आएको छ भने विपक्षमा ७४ मत आएको छ । मत दिन्न भन्नेमा एक मत परेको छ । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेसँगै अहिलेको सरकार मजबुत सरकार बनेको छ ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस