२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित ९ मन्त्रीले शपथ लिए

दाङ, ९ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसँगै ८ जना बिना विभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले उनीहरुलाई शपथ गराएका थिए । प्रदेशका १२ मन्त्रालय मध्य एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिएका हुन् । तर, कांग्रेसबाट मन्त्री हुने भनिएका जन्मजय तिमल्सिनाको नाम काटिएको छ ।

एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका हुन् । यस्तै कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । गुल्मीका धनेन्द्र कार्की, प्युठानका रोज राणा, दाङका प्रचण्ड विक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका हुन् । ​

आज बिना विभागीय रुपमा शपथ लिएका सबै मन्त्रीलाई बिहीबारसम्म मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । प्रदेशमा एमाले र कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका आचार्य मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय प्रदेश सभामा माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस