२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौ,१३ साउन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीको पुनरावेदन जिकिर नपुग्ने निष्कर्ष निकाल्दै उनलाई उक्त सजाय सुनाएको हो ।

इजलासले ताराराज पाण्डे, दिनेशराज जोशी र वासुदेव पन्तलाई भने सफाइ दिएको छ । यसअघि गत असार २० गते सोही इजलासले दुवै पक्षको सुनुवाइ सकेर निर्णय सुनाउने मिति आजका लागि तोकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए। विशेष अदालतले जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस