२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

वामपन्थीहरूको बिचमा एकताको कथा असफल भइसक्यो : महासचिव पोख्रेल

दाङ, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वामपन्थीहरूको बिचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताए । मङ्गलबार प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने ठोकुवा गरे। उनले नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन । त्यो हामीले ब्यहोरी सक्यौ । अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रिकरण जरुरी छ,‘ उनले भने ।  

कम्युनिस्टमा बिचार राख्नेहरू एमाले तिर र पुँजीवादी समाजवाद व्यवस्थामा बिचार राख्नेहरू काङ्ग्रेस तर्फ धुव्रिकरण हुन आवश्यक रहेको भन्दै उनले यसरी बलियो राजनीतिक शक्ति निर्माण गर्न समेत बताए । उनले साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेको स्पष्ट पारे । 

 उनले  राजनीतिक स्थायित्व र जनतामा बढ्दै गरेको निराशा चिर्न एमाले – कङ्ग्रेसको बिचमा सहकार्य गरिएको बताए। उनले संविधान सभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बिचमा सहकार्य भएको स्पष्ट पारे । उनले  संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बीचमा सहकार्य भएको बताए । 

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस