काठमाडौ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीनजना राज्यमन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् । राज्यमन्त्री पाउनेहरूमा नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी र कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ छन् ।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङलाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले आजै शपथग्रहण गराउन कार्यक्रम छ ।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार