२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले बहिनीसहित देश छाडेकै दिन मारिएछ विद्यार्थी

काठमाडौ, २१ साउन । बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले बहिनीसहित देश छाडेकै दिन बंगलादेशको ढाकामा भएको प्रदर्शनमा सोमबार कम्तीमा ६ जना विद्यार्थी मारिएका छन् ।

बंगलादेशको चर्चित अनलाइन डेली स्टारका अनुसार प्रहरीसँगको झडपका क्रममा जत्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा ६ जना विद्यार्थीले ज्यान गुमाएका हुन् ।

प्रदर्शनका क्रममा घाइते भएकामध्ये चारजनालाई अस्पताल लगिसकेपछि मृत घोषित गरियो । उनीहरू जत्राबारीको कज्ला क्षेत्रका थिए । दुईजना भने ढाका मेडिकल कलेज क्षेत्रमा मारिएका हुन् ।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस