२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

काठमाडौ, २२ साउन । काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो ।

नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो । योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस