दाङ, २४ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिन भन्दा बढि पिआईसियु हुँदै एनआइसियु वेडमा राखि चिकित्सकहरुले उपचार गरेर वचाउन सफल भएका छन ।
प्युठान मल्लरानि गाँउपालिका घर भएका एक जना दम्पत्तिवाट जन्मिएको वच्चा अत्यन्तै स्वास्थ्य अवस्था नाजुक रहेको अवस्थामा चिकित्सकहरुले अत्यन्तै मेहनतवाट गरीएको उपचारपछि शिशुलाई वचाउन सफल भएका हुन् । लामो समय एनआईसियु वा पिआइसियुमा वच्चाको उपचार लाग्दा धेरै नै विरामीका आफन्तहरु आत्तिने गरेपनि नवजात शिशुका आमावुवाहरु धैर्यतापुर्वक बसेर उपचारमा पुर्ण विश्वास गरेकै कारण वच्चाको लामो समयको उपचारपछि वचाउन सफल भएको हो । शिशु जन्मदाको तौल १ किलोको रहेपनि अहिले बढेर १२ सय पुगेको उपचारमा संलग्न चिकित्सक, वाल रोग विशेषज्ञ डा. दिपकराज पौडेलले बताउनु भयो । शिशु जन्मीनासाथ पेटमा, फोक्सोमा रगत वग्ने, जन्डीससहीत श्वासप्रश्वासमा धेरै स्वास्थ्य समस्या देखीएको र अहिले वच्चामा सुधार आइरहेको डा. पौडेलले बताएका हुन ।
त्यस्तै रोल्पा निवासि ३४ हप्ताको वच्चाको पनि लामो समयको उपचारपछि वचाउन सफल भएको उनले बताएका हुन । नर्सिङको स्याहार, सुसार, चिकित्सकको मेहनतपुर्वकको उपचारका कारण नवजात शिशुको उपचारका लागि प्रतिष्ठान भरपर्दो र विश्वासिलो वन्दै गएको छ । हाल प्रतिष्ठानमा एनआइसियु र पिआईसियु गरेर १६ वेड सञ्चालनमा छन । विरामीका आफन्तहरुले एनआईसियु र पिआईसियुको वेड थप बढाउन प्रतिष्ठानलाई आग्रह गरेका छन् । एनआइसियु इञ्चार्ज प्रतिभा भण्डारीले पछिल्लो पटक एनआइसियु र पिआइसियुमा नवजात शिशुको उपचार अत्यन्तै राम्रो हुँदै गएको बताएका हुन ।