दाङ, २७ साउन । नेकपा एमालेको जन संगठन नेपाल निमार्ण उद्योग परिषद जित्ला कार्य समिती दाङको दोस्रो जिल्ला अधिवेशन आइतबार घोराहीमा सम्पन्न भएको छ ।
परिषदका जिल्ला अध्यक्ष द्रोण बहकरीको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यता र नेकपा एमालेका लुम्बिनि प्रदेश कमिटी सदस्य तथा नेपाल निमार्ण उद्योग परिषदका केन्द्रीय सल्लाहकार बलिभद्र रानाको बिशिष्ट आतिथ्यता अधिबेशनको उद्घाटन गरिएको हो ।
सो अवसरमा बिशिष्ट अतिथि नेकपा एमालेका लुम्विनि प्रदेश कमिटि सचिवालय सदस्य हुकुम बहादुर बस्नेत, नेकपा एमाले दाङ क्षेत्र नम्बर २ का संयोजक सुदन केसी, नेपाल निमार्ण उद्योग परिषदका केन्दीय सदस्य जिवन केसीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । यसैबिच अधिबेशनबाट द्रोण बहकरीको अध्यक्षतामा ११ सदस्यीय निर्विरोध जिल्ला कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा सुरेश आर्चाय , सचिवमा मदन आचार्य , कोषाध्यक्षमा दुर्गा बहादुर वलि रहेका छ्न भने अन्य कार्य समिती सदस्यहरुमा मान बहादुर जिसि, जय डाँगी , वसन्त वलि , राज कुमार योगी, जिवन वलि , विरवल खड्का, राजेश क्षेत्रि रहेका छन ।