२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

कर्णाली प्रदेशको मौलिकता झल्काउने चलचित्र ‘बुलाकी’ साउन ३२ देखी दर्शक माझ आउँदै

दाङ, २९ साउन । कर्णाली प्रदेश को  आफ्नै ठेट भाषामा निर्मित चलचित्र ‘बुलाकी’ यहीँ साउन ३२ गतेबाट दर्शकमाझ आउन लागेको छ ।

विशेषगरी ति कर्णालीको आफ्नै मौलिकता बोकेको कर्णाली प्रदेश मा अबस्थित जारी प्रथा , छाउपडी प्रथा , निसन्तान कुरिती र कु-सस्कृतिको विरुद्ध आवाज उठाउने मौलिक चलचित्र ‘बुलाकी’ यहीँ श्रावण ३२ देखी नेपाल तथा बिदेशका घरेलु बक्स अफिस मा एक साथ प्रदर्शन हुन लागेको हो ।

चलचित्र ‘बुलाकी’ विभिन्न देश हलहरूमा प्रदर्शनको लागी अधिकार बिक्री भएको छ । यु.के., समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिएका छन ।

विष्टले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै नेपालको वास्तविक र मौलिक कथालाई विश्वभर छरिएर रहेका नेपाली फिल्मका दर्शकमाझ साझा गर्न पाउनुलाई महत्वपूर्ण उपलब्धि भनेका छन् । अन्य देशहरूमा पनि फिल्म प्रदर्शनको कुरा अघि बढेको उनि बताउँछन् ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको कर्णाली प्रदेशको आफ्नै भेषभुषामा निर्मित चलचित्र बुलाकी  फिल्ममा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशील पोखरेल लगायत प्रमुख अभिनयमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस