२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

श्रीमातिको हत्या आरोपमा दाङमा एक ब्यक्ति पक्राउ

दाङ, ३० साउन । दाङमा श्रीमातिको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । लमही नगरपालिका- ९ स्यालेका ४४ बर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमाललाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ परेको छ । 

कुमालको कुटपिटबाट उनको श्रीमती अन्दाजी ४० ईश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट मृत्यु भएका श्रीमतीलाई बाटोमा छोडेर श्यामकुमार घर छोडेर भागेका थिए । उनलाई जलकुन्डीबाट गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

मृतकका श्रीमान् श्याम कुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन । ईश्वरीको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस