२०८१ कार्तिक १८ गते आइतवार | 2024 November 3rd Sunday

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

दाङ, ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमाले र काङ्ग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र काङ्ग्रेसका चार जना मन्त्री नियुक्त छन् । सरकारलाई पूर्णता दिन अझै बाँकी छ । काङ्ग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस