२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

संविधान कार्यान्वयनको चरणमै रहेको बेला संशोधनको कुरा उठ्नु शंकास्पदः उपमहासचिव पुन

दाङ, ४ भदो । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले २०७२ को संविधान कार्यान्वयनको चरणमै रहेको बेला संशोधनको कुरा उठ्नु देश र जनताका लागि शंकास्पद रहेको बताएका छन । 

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव पुनले माओवादी पार्टी एजेन्डासहित सरकारमा बसेर संविधानका अंगहरु कार्यान्वयन गरेपनि अहिले संसदका दुई ठू्ला दलले संविधान संशोधनको कुरा एकाएक उठाउनु शंकास्पद रहेको तर्क गरेका हुन ।

एक दशकमा संविधानको अवस्था बारे समिक्षा गर्न सकिने भएपनि संसदीय व्यवस्था, समानुपातिक प्रणालीलगायत मूल विषयलाई गिजोल्न खोज्ने षडयन्त्र भए माओवादी चुप लागेर नबस्ने चेतावनी दिए । 

सार्वभौमसत्ता बाहेक अरु विषय परिमार्जन हुने अवस्थामा अहिले पनि संविधानले व्यवस्था  गरेका प्रहरी ऐन, निजामती सेवा ऐन, शिक्षा ऐनलगायत थुप्रै विषय कार्यान्यन गर्ने चरणमा रहेको हुँदा अहिले नै संघीयताको पूर्ण कार्यान्वयन नहुदै संविधान शंशोधनको कुरा उठ्नु पश्चगामि कदमको संकेत रहेको टिप्पणी गरे ।

२०४८ देखि हालसम्मको संसदीय व्यवस्थामा गरिएको अभ्यासमा अहिलेको अभ्यास परिस्कृत रहेको बताउँदै उहाँले सरकारमा रहेको बेला माओवादी पार्टीले भ्रष्टाचार विरुद्धको अभियानमा चालेको कदममा जनताको साथ र प्रशंसा भईरहेको बताएका हुन ।

उनले माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पारित एजेण्डालाई सार्थक बनाउन जनताको बीचमा जाने बताएका हुन । उनले अब सरकार बाहिर रहेर देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गर्ने जिम्मेवारी माओवादीलाई आएकोउल्लेख गर्दै सडक, सदन र जनताको बिचमा रहेर सुशासन र सामाजिक न्यायका पक्षमा एजेण्डासहित काम गर्ने बताएका हुन ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस