२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

अमेरिकामा एक नेपालीको घर भित्रै गोलि हानी हत्या

काठमाडौ, १२ भदौ । अमेरिकाको टेक्सास राज्यमा एक नेपाली युवतिको गोली हानी हत्या भएको छ । टेक्सासको ह्युस्टनमा बस्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।

नेपालको भोजपुर जिल्ला घर भै बिगत तिन बर्ष पहिले मात्र विद्यार्थी भिषामा अमेरिका आएकी २१ वर्षिया पाण्डे टेक्सासको कम्यूनिटी कलेजमा अध्यनरत थिईन् ।

शनिवार देखी फोन सम्पर्कमा नआएकी पाण्डेको शव सोमबार  ह्युस्टन स्थित आफ्नै आपार्टमेन्ट वेष्ट एरपोर्ट ब्लु वर्डमा गोली हानी हत्या गरिएको अवस्थामा फेला परेको थियो । 

सम्पर्क बाहिर रहेको तिन दिन पछि मृत फेला परेकी उनको हत्या कसले र किन गर्यो पत्ता लाग्न सकेको छैन भने यस घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस