२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

प्रथम कुबेर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता हुने

दाङ,१९ भदौ । दाङको तुलसिपुरमा स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ हुने भएको छ । नेपाली काग्रेस तुलसिपुर नगर समितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता आउदो असोज तिन गते देखि सुरु हुनेछ ।

नेपाली काग्रेस तुलसिपुर नगर समितिको भदौ १८ गते बसेको बैठकले तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको नगर सभापती सुरेश हमालले जानकारी दिएका छन । कुबेर बहादुर शाह राप्ती अञ्चलकै खेलकुद क्षेत्रको हस्ती थिए उनले खेलकुद क्षेत्रमा खर्चेको समय र  लगानी सबै खेलाडीका स्मरण गर्न योग्य छ तर बिडम्बना हाल सम्म खेलकुद सम्बद्ध सरोकारवा निकायले सम्झन नसक्दा स्मृती कप भलिबलको आयोजना गरिएको सभापती हमालले बताएका छन ।

नगर उपसभापति बिनिल केसिको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आउदो असोज ३ देखि ५ गते सम्म संचालन गर्ने र प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न सबै प्रकारका तयारी लाई तिव्र पार्ने निर्णय गरेको नगर सचिब बिमल पौडेलले जानकारी दिएका हुन । 

स्मृती कप मार्फत नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिएका हुन । 

३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच  हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।

त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई नगद ,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि टिम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले बताएकोछ ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस