२०८३ जेष्ठ २८ गते बिहिवार | 2026 June 11th Thursday

हिरा डागी फाउन्डेसन ए बन्यो थन्डर लिग फुटबलको च्याम्पियन 

दाङ, २६ भदौ । हिरा डागी फाउन्डेसन तुलसिपुर थन्डर लिग फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।

थन्डर यति फुटबल क्लब तुलसिपुर ६ को आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालित लिग फुटबलमा १५ अंकका साथ शिर्ष स्थानमा रहेको हिरा डागी फाउन्डेसन ए लिग च्याम्पियन बनेको हो । उसले नगद १० हजार, कप,मेडल हात पार्‍यो । 

सो अवसरमा लिग अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेय खेलाडी थन्डर यति फुटबल क्लबका सृजन श्रेष्ठ,वेष्ट डिफेन्डर थन्डर यतिका अर्जुन मास्केमगर,वेष्ट मिडफिल्डर थन्डर यतिका धर्म बहादुर नेपाली,वेष्ट किप्पर थन्डरका समीप चौधरी, वेष्ट स्कोरर हिरा डागी फाउन्डेसनका प्रशान्त चौधरी र वेष्ट फरवार्ड हिरा डागी फाउन्डेसनका नितेश योगि लाई ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरिएको लिग प्रतियोगिताका संयोजक बिशालनाथ योगिले जानकारी दिएका छन ।

फुटबल खेलको बिकास संगै खेलाडी भित्र लुकेर बसेको क्षमताको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा थन्डर यति फुटबल क्लबका ४ र हिरा डागी फाउन्डेसनका ३ टिमको सहभागिता रहेको थियो ।

लिग फुटबल भदौ १० गते देखि संचालन भएको थियो ।

यसैबिच सोही अबसरमा हिरा डागी फाउन्डेसन र थन्डर यति फुटबल क्लब बिच भएको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा थन्डर यति सुन्यका विरुद्ध तीन गोलले बिजयी भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस