दाङ, २८ भदौ । दाङमा दशैँ विशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । कालितारा युवा क्लब बबई ७, को आयोजनामा तथा कालितारा माइला दाइको प्रायोजनमा कालितारा खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता आउँदो असोज १८ गते देखि सुरु हुनेछ ।
फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उद्देश्यका साथ बडा दशैँका अवसरमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्रतियोगिताका प्रायोजक कालितारा माइला दाइले जानकारी जानकारी दिए ।
असोज २४ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद एक लाख पाँच हजार एक सय एकाउन्न रुपैयाँ कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमलाई नगद एकाउन्न हजार पाँच सय पच्पन्न रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ, भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।
जसअनुसार वेस्ट प्लेयर, हाई स्कोर र वेस्ट किप्पर लाई जनही नगद एक / एक हजार, ट्रफी प्रमाणपत्र, त्यस्तै प्रत्येक म्याचको म्यान अफ म्याच लाई मेडल प्रदान गरिने आयोजकका समीर डाँगीले जानकारी दिए ।
असोज १७ गते सम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क आठ हजार रुपैयाँ राखिएको छ । यसैबीच प्रतियोगिताको तयारी लाई तिव्र पारिएको आयोजकले बताएको छ ।