दाङ, २८ भदौ । बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो ।
दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए । मृतक मध्य एक जना रुकुमकाे पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवको भनाइ छ । दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन । आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार