दाङ, ३१ भदौ । नेपाली काँगेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले सोमबार पदबाट राजिनामा दिएकी छन् । उनले काँग्रेस संसदीय दलका नेतालाई राजिनामा बुझाएकी हुन ।
उनी २०७९÷११÷२९ गते सचेतकमा नियुक्त भएकी थिइन । गिरी १८ महिना सचेतकको भूमिका निर्वाह गरेकी थिइन । उनले आँफुलाई सचेतकको रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकी छन् ।
तर, गिरीले अब बिभिद कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै पदवाट राजिनामा बुझाएको उल्लेख गरेकी छन् ।
प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार