२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

सल्यान कालिमाटीकी उपाध्यक्ष सनसिल्ताले ‘शी लिड्स आईकन’ को लागि भोट मागिन

दाङ, ३१ भदौ । महिला जनप्रतिनिधिहरूको प्रेरणादायी कर्मलाई विश्व सामु पुर्याउने उदेश्यसहित सञ्चालित ‘शी लिड्स आईकन २०८१’ को उत्कृष्ट २७ जनाको लिस्टमा परेकी सल्यान कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसीले भोटको अपिल गरेकी छिन् ।

रुकुम पूर्वकी पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३३ बर्षीया भूपेन्द्रा बुढाको सवारी दुर्घटनामा मृत्यु भएपछि अब उत्कृष्ट २६ जनाका बीचमा प्रतिष्पर्धा हुने छ । भूपेन्द्रापनि उत्कृष्ट २७ मा परेकी थिइन । उनको उत्कृष्ट हुने सपना भने दुर्घटना संगै बिलाएको छ ।

महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले सञ्चालन गरेको यस कार्यक्रममा आफुलाई अगाडी बढाउनका लागि उपाध्यक्ष वली डिसीले आफुले गरिरहेको कामको मुल्यांकन समेत प्रतिविम्बित हुनेगरी मत मागेकी छन ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस