२०८३ भाद्र १९ गते शुक्रवार | 2026 September 4th Friday

राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने

दाङ, ९ असोज । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकलाई प्राेत्साहान गरि उत्पादन वृद्धि गर्ने उदेश्यले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ” खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान” कार्यक्रम अन्तर्गत सबैभन्दा बढी धान उत्पादन गरि प्रथम,द्वितीय र तृतीय हुने कृषकहरुलाई क्रमश १२ हजार,१० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका हुन ।

गाउँपालिकाले बुधबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वान समेत गरेको छ । 

सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र आवेदन दिई मापदण्डबमोजिम छनोट भएका कृषकलाई पुरस्कृत गरिने कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिएका हुन ।

गडरियाका अनुसार पुरस्कृत हुनका लागि कृषकले कम्तिमा पनि ५ कठ्ठामा धान खेती गरेको हुनुपर्ने,धान खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्ग मिटर नमुना लिनका लागि राख्नुपर्ने,काटने,दाउने तथा झाटने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहवरमा धानको तौल लिइने छ ।

आवेदन दिनका लागि अनुसूची-२ बमोजिमको निवेदन,अनुसूची-३ बमोजिमको विवरण, आधिकारीक व्यक्तिहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडामा लिएको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र बेदर्ताको हकमा वडाकाे सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस