दाङ, १० असोज । ईलाका प्रहरी कार्यालय खितलपुर, दाङको आयोजनामा मिड वेस्ट प्वाइन्ट एकेडेमीमा “समुदाय प्रहरी साझेदारी ‘कार्यक्रम सम्पन्न भएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणको मूल उद्देश्य रहेको उक्त सचेतना कार्यक्रममा प्रहरी निरिक्षक खिम बहादुर खड्काले नेपालको संविधान- २०७२ मा उल्लेखित बाल अधिकार र कर्तब्यको बारेमा जानकारी गराउनुको साथै गाउँ समाजमा व्याप्त बाल शोषण, अन्याय, अत्याचार, घरेलु हिंसा र गाउँ, समाजमा रहेको बाल बालिका बिकास प्रतिकूल वातावरण विरुद्ध कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सचेत गराएका थिए । ‘प्रहरी मेरो साथी`। भनिए झै, बालबालिका र प्रहरी बिच पनि शुमधुर सम्बन्ध रहेमा गाउँ टोल समाज र राष्ट्रमा स्वच्छ र शान्तिपूर्ण वातावरण निर्माण भई बालबालिकाको उज्वल र सुनिश्चित भविष्य निर्माण हुने कुरामा पनि प्रहरी निरिक्षक खिम बहादुर खड्काले जोड दिएका छन । ‘समुदाय – प्रहरी साझेदारी’ कार्यक्रमले विद्यार्थी भाई बहिनीहरुलाई सचेत मात्र नगराई उनिहरुलाई थप अनुशासित बनाई भविष्यमा अझ जिम्मेवार बनि समाज र राष्ट्र निर्माणमा लाग्न प्रेरणा दिने कुरामा सहयोग गर्ने कुरा विद्यालयका प्रधानाध्यापक विर बहादुर घर्तिले बताएका हुन । यि र यस्तै कार्यक्रमहरु ल्याएर बालबालबालिका लगाएत गाउँ समाजमा सचेता फैलाउने कार्यक्रममा अग्रसर भएकोमा नेपाल प्रहरी एवं ईलाका प्रहरी कार्यालय खिलतपुर, दाङलाई विद्यालय व्यवस्थापनका अध्ययक्ष सुवोध कुमार डागीले विशेष धन्यबाद दिएका थिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा ८, ९, १० का करिब दुई सय विद्यार्थीहरु सहभागी रहेको बिद्यालयकी शिक्षिका आर्जु के.सी ले जानकारी दिएकि छन ।
मिड वेस्ट प्वाइन्ट एकेडेमीमा समुदाय प्रहरी साझेदारी ‘कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस