२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

पहिरोले पुरिएका २ बसबाट १४ शव निकालियो

काठमाडौ, १२ असोज । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस