२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

दङको बबई २ बाट ७ जना माओवादी केन्द्रमा प्रवेश

दाङ, ९ मंसिर । दाङको बबई गाउँपालिका वडा नं. २ मा बिभिन्न पार्टी परित्याग गरि ७ जना माओवादी केन्द्रमा प्रवेश गरेको छन् ।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेपाली काँग्रेस परित्याग गरि घनश्याम केसी, नेकपा एमाले परित्याग गरि मानबहादुर केसी, प्रेमलाल कुँवर, निमबहादुर रावत, खेमराज कुँवर, निमबहादुर खड्का र निमकली घर्ती रहेका छन् ।

त्यस अवसरमा पार्टीका प्रदेश कमिटि सदस्य भिमबहादुर वलीलगायतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस