२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

रोल्पा ट्राफिक कार्यालयका प्रमुख बुढाथोकी २५ हजार घुससहित पक्राउ

रोल्पा, १७ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक सई ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । सई बुढाथोकीले सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको थियो ।

उनले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका ४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका हुन । आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताएका हुन ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस