२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

रुन्टिगढीमा एमाले र माओवादी छोड्नेको लहर, १६ जनाले गरे कांग्रेस प्रवेश

रोल्पा, २० पुष । रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र छाड्नेहरुको संख्या बढेको छ । शुक्रबार नेपाली कांग्रेस १०० दिने विशेष अभियान कार्यक्रममा १६ जनाले पार्टी प्रवेश गरेका छन । 

पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर ५ , ६ र ७ का नेकपा माओवादी केन्द्र बाट १० र नेकपा एमाले बाट ६ गरि जम्मा १६ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । 

नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका १६ जनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मान्य राधा घले , महासमिति सदस्य मनोजमनी आचार्य , प्रदेश सदस्य टेक बहादुर बस्नेत , जिल्ला कार्यसमिति सचिव तिलक बुढाथोकी , गाउँपालिका सभापति जनक पुन लगायतका अन्य नेताहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुले आफू रहेको पार्टिमा शक्तिको हावी भएकाले आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस