२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

छिमेकी राष्ट्रले सिमा मिची रहदा पनी किन छ राज्य मौन ?

म एक कानुनको बिद्यार्थी मलाई कलेजले लगेको शैक्षिक भ्रमण गर्ने क्रममा मैले नेपाल र भारतको सिमाना क्षेत्रलाई नजिकै बाट नियालेर प्रत्येक्ष तथा भौतिक रुपमा उपस्थित भयर हेर्ने तथा अनुसन्धान गर्ने मौका पाय सोही बिसय लाई यो लेख मार्फत प्रस्ट्याउन चाहन्छु ।

 भारत र नेपालको सिमाना क्षेत्रको बारेमा अनुसन्धान गर्ने क्रममा पुर्खाली पुस्ताका मानिसहरुले सँरक्षण गरेको नेपाली भुमिलाई भारतले बेला बेलामा कसरी अतिक्रमण तथा भोग चलन गरिरहेको छ भन्ने सन्दर्भमा केहि आलोचना तथा बिकल्प को बारेमा पनि जानकारी दिन चाहन्छु.

नेपालको सिमाना उतरमा चीन र दक्षिणमा भारत सङ्ग जोडियको छ तर दुबै क्षेत्रको बौडरलाई राज्यले उचित लगानिमा पर्खाल तथा पिल्लरहरुको निर्माण गर्न सकेको छैन र सिमाना क्षेत्रमा आर्मी फोर्स तथा भुमी विशेषज्ञ लाई पनि नत खटाउन सकेको छ । यतिमात्र नभयर न त मिचियको सिमाना लाई पुन फिर्ता ल्याउनको लागि कुनै पहल नै चाल्न सकेको छ यो राज्यको लाचारपन २ कायरता तथा अन्तर्राष्ट्रिय कानुन को फाईदा उठाउन नसकेको भन्ने कुरा प्रस्ट हुन जान्छ । भारत ले नेपालको सिमाना मिचेको थुप्रै उदारणहरु यथावत नै छन फेरिपनि भर्खर मात्र कन्चनपुरमा रहेको सुक्लफाटा राष्ट्रिय निकुञ्ज क्षेत्राधिकार भित्र पर्ने करिब ९ सय बिघा जग्गा भारतले अतिक्रमण गरि भोग चलन गर्दै आयको छ तर यश विषय बस्तुलाई सडक तथा सदनमा खासै बहसको बिषय बनाईयको छैन ?

आखिरमा भारतले नेपालको कति प्रतिशत भु-भाग अतिक्रमण गर्यो त ?…

– नेपाल र भारत बिच सिमा बिवाद अहिले बाट मात्र चर्चामा आयको भने पक्कै हैन यो एतिहासिक कालखन्ड देखि नै बिबादको विषय बन्दै आयको छ हाल सम्म नेपाल र भारत बिच लगभग ७१ देखि ७५ ठाउँ सम्म सिमा बिबाद को समस्या पैदा भयको पाइन्छ सबैभन्दा ठूलो बिबाद चाहिँ नेपालको पश्चिम दार्चुलामा रहेको कालापानी लिपु लेक लिम्पीयाधुरा जस्ता अन्य ठाउको ३७२ बर्ग किलोमिटरको भु-भाग भारतले ओगटेको छ, त्यस्तै अर्को दोस्रो नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा १४५ बर्ग किलोमिटर भारतले ओगटेर बसेको छ, अनि बाकी रहेको ६९ ठाउमा चाहिँ ९८ बर्ग किलोमिटर भु- भाग अतिक्रमण गरेको छ ??

तर यता नेपालले सिमा सँरक्षण गर्न नसक्नुको प्रमुख कारणहरु:

१) नेपाल सरकारको सत्तमा रहेर नेतृत्व गरिरहेका ब्याक्तिहरुले पटक-पटक भारत भ्रमण जादा पनि सिमा बिबादको बिषय लाई खुलेर वकालत गर्न नसक्नु,

२) सिमाना जोडियको नाकामा उचित मापदण्ड अनुसार जङ्गे पिलर तथा पर्खाल हरुको निर्माण गर्न नसक्नु,

३) बिभिन्न सन्धिहरु, सम्झौता तथा बार्तहरुको माध्यम द्वारा पहल चाल्न नसक्नु.

४) कुटनितिक सम्बन्ध कायम र बिस्तार गर्न नसक्नु

५) सिमा बिबादको मुद्दा वा विषय लाई अन्तर्राष्ट्रिय अदालत सम्म पहुंच पुर्याउन नसक्नु आदि नेपाललको सिमा मिचिनुको प्रमुख कारण हो ?

यस्तै अन्तर्राष्ट्रिय सिमा बिबाद समाधानका हेर्ने हो भन्ने केही प्रमुख ४ ओटा सिदान्तहरु छन ?

जस्तै : संबात , छलफल , बिचार र विमर्श

– माथी उल्लेखित बार्तालाप को सिदान्त अनुसार चाहिँ आफ्नो राज्यको कुनै भू-भाग छिमेकी लाई दियर छिमेकी बाट अर्को जमिन प्राप्त गर्नु हो, जसलाई (Shooping Of Land) पनि भनिन्छ । यो सिदान्त जमिन सट्टा-पट्टा गर्ने हो । सब्द तथा सिदान्त सुन्दा मा तितो सुनिय तापनी नेपालको लागि अलिक उतम बिकल्प यहि सिदान्त हुनसक्छ, किनभने हाल सम्म राज्यले छलफल, संबात, लगायत बिचार बिमर्सको सिदान्त बाट गुमायको जमिन फिर्ता ल्याउने कुरामा खासै चासो देखायको पाइदैन !!

सिमाना जोडियका विभिन्न राष्टहरुमा सिमा बिबादको विषयहरु लाई लियर विभिन्न समय सताब्दिमा यक राज्यले अर्को राज्यलाई आक्रमण गरिराख्ने प्रबृत्तिको प्रचलन ऐतिहासिक कालखण्ड देखि चल्दै आयको पाईन्छ र पछि सोही सामान्य घटनक्रमले चाहिँ गम्भीर मोड लियर विभिन्न राष्ट्रहरु बीच बिश्वयुद्द जस्तो गम्भीर घटना निम्त्याएको ज्वलन्त उदारणहरु प्रस्ट छन । त्यस्ता सिमा बिबादका समस्या तथा युद्दहरु लाई नियन्त्रण गर्नका लागि यक राज्य अर्को राज्य प्रती बफादार बन्नको लागि र बिभिन्न रास्ट्रहरु बिच सदैब शान्ती सु-ब्यबस्था कायम रहिरहोस भनेर अन्तर्राष्ट्रिय कानुनको स्थापना गरेको पाइन्छ तर कहिले काहीँ कुनै-कुनै रास्ट्रहरुले चाहिँ अन्तर्राष्ट्रिय कानुनलाई नै चुनौती दियर उक्त कानुनको उल्लघन गर्दछन जसको प्रमुख प्रभाब चाहिँ कमजोर राष्ट्रलाई पर्न जान्छ । 

त्यस्तै कमजोर राष्टको सिकार बन्न पुगेको छ नेपाल जसले पहिले नै आफ्नो गुमायको भु भाग फिर्ता ल्याउन सकेको छैन भने अहिले फेरि भयको जमिन पनि बेला-बेलामा गुमाईरहेको छ तर अन्तर्राष्ट्रिय कानुन को एउटा महत्वपुर्ण सिदान्त छ कुनैपनी शक्तिशाली राष्ट्रले आफ्नो सैन्य शक्तिको दबाबमा आफुभन्दा कमजोर राष्ट्र भएको फाईदा उठायर कुनै देशको क्षेत्रफलमा, सामाजिक, राजनितिक तथा अन्य बिषय बस्तु माथी हस्ताक्षप गर्न पाइदैन भन्ने छ यदि यो कार्य गरेमा अन्तर्राष्ट्रिय कानुनको बिपरित हुन जान्छ भनेर उल्लेख समेत गरिएको छ, 

त्यस्तै एउटा कमजोर राष्ट्रको सिकार बन्दै आएको नेपाल जसले फलस्वरुप समय-समयमा आफ्नो भू-भाग गुमाउन बाध्य छ, यो सरासर भारत ले गरेको अन्तर्राष्ट्रिय कानुनको उल्लघन समेत हो येस्तो सिमा सङ्ग समबन्धित बिबाद हुँदै आयको बिषयको सन्दर्भ लाई लियर नेपालले अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढकाउन नजाने हो भने अजै पनि नेपाल सरकारले बाकी भू-भाग न गुमाउला भन्न सकिंदैन त्यसैले यस सिमा बिबादको मुद्दालाई बार्तालाप तथा कुटनितिक पहलको माध्यम बाट छिटो छरिटो टुङ्गो लगाउन जरुरी देखिन्छ भारतले पनि आफू अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने राज्यका रुपमा परिभाषित हुनका लागि र सयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र  भयको नाताले यो मुद्दालाई टुङ्गोमा लगाउनका लागि उचित दाईत्व बहन गरि यश बिसयमा छिटै बहस गरियोस् ।।

     धन्यवाद ।

लेखक- ओरल्ड च्यामपियम क्षेत्री 

तुल्सिपुर मेट्रो कलेज कानुन स‌ङ्काय विद्यार्थी

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस