दाङ, १८ माघ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि दाङ आउने भएका छन । यहि फागुन ५ गते घोराहीमा हुने बृहत आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलि दाङ आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य बलिभद्र राना मगरले जानकारी दिए । ओलिले दाङमा रहदा पार्टीका अगुवा नेता,कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । रानाका अनुसार प्रधानमन्त्री ओलिकै उपस्थितिमा फागुन ६ गते दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिनेट सभा बस्ने गरि तयारी थालिएको छ । दाङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्यका उम्मेद्वार समेत बनेका रानाले ४ सय बेडको प्रतिष्ठानको भबनको पनि शिलन्यास हुने र फोरलेन सडकको पनि शिलन्यास गर्ने गरि तयारीलाई तिब्र पारीएको र सोही अनुसार एमालेका महासचिव शंकर पोखरेलकै पहलमा अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता हुने गरि कामलाई तिब्ररुपमा अघि बढाइएको जानकारी दिए ।