२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

दाङमा नदिमा डुबेर खड्काको मृत्यु

दाङ, २१ माघ । दाङमा बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ का ७८ बर्षीय कुशल खड्का रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम बहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजेको समयमा उनी बबई–७ स्थित बबई नदिमा मृत भेटिएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

हिजो बिहान ८ बजेको समयमा बबई गाउँपालिका–७ मा रहेको छोरीको घरमा जाने भनेर घरबाट निस्केका उनी बबई नदिमा डुबेको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव पोष्टमार्टमपछी आज आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस