२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

२१ स्वर्णसहित नेपाल प्रथम, गोरखा स्कुल तुल्सीपुरको ऐतिहासिक सफलता

दाङ,३० जेठ । प्रथम अन्तर्राष्ट्रिय विद्यालयस्तरीय लुम्बिनी कप कराते प्रतियोगिता २०८३ मा गोरखा स्कुल तुलसीपुरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई प्रथम स्थान दिलाएका छन् । प्रतियोगितामा गोरखा स्कुलका खेलाडीहरूले २१ स्वर्ण पदक जित्नुका साथै ‘बेस्ट प्लेयर’ उपाधि समेत आफ्नो नाममा पार्न सफल भएका हुन् । खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले विद्यालय, जिल्ला तथा देशकै प्रतिष्ठा उच्च बनाएको छ ।

प्रतियोगितामा नेपाल पहिलो स्थानमा रहँदा India दोस्रो तथा Bhutan तेस्रो स्थानमा रहेका छन् । विभिन्न देशका विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा नेपाली खेलाडीहरूले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्दै उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

गोरखा स्कुल परिवारले खेलाडीहरूको यो ऐतिहासिक उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शनको निरन्तरता रहने विश्वास व्यक्त गरेको छ । खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूको संयुक्त प्रयासले प्राप्त भएको यस सफलताले विद्यालय खेलकुद क्षेत्रमा नयाँ प्रेरणा थपेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस