२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

स्वर्गद्धारी गुठी पिडितको आन्दोलनको समर्थन गर्दै पूर्वमन्त्री : शर्मा

दाङ, २३ माघ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वर्गद्धारी गुठी पिडित किसानको आन्दोलनको समर्थन गरेकि हुन । स्वर्गद्धारी गुठी पिडित किसानहरुले काठमाडौको  माईतीघर मण्डला गरेको आन्दोलनमा सहभागी हुदै जारी आन्दोलनको समर्थन गरेकि हुन । त्यस अबसरमा बोल्दै पूर्वमन्त्री शर्माले स्वर्गद्धारी गुठी पिडित किसानको आन्दोलनमा आफ्नो साथ र सहयोग निरन्तर रहेको बताएकि हुन । आफू मन्त्री हुदा निरन्तर किसानको समस्याका बिषय लिएर  प्रधानमन्त्री,मन्त्रीसंग पटक/पटक छलफल र डेलिगेशन गएको स्मरण गर्दै स्वर्गद्धारी गुठी पिडित किसानको समस्या बिधयेक मार्फत तत्काल हल गर्नुपर्ने बताएकि हुन ।  नागरिक आवास र भूमी सम्बन्धि अधिकार  संबिधानले नै ग्यारेन्टी गरेको प्रतिक्रिया दिदै आदालतले गरेको फैसलाको आधार मानेर संबिधानको उलङ्घन गर्ने कार्य तुरुन्त सच्याउँनु पर्ने बताएकि हुन । दाङ,क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य शर्माले सरकारले  ३१ वटा कानुन संसोधन गर्ने विधयेक ल्याउँदा स्वर्गद्धारी गुठी पिडीत किसानको पक्षमा कानुन नआउँन सरकारको नियत नै  गलत रहेको स्पष्ट पारेकि हुन । माओबादी केन्द्र स्थायी कमिटी सदस्य समेत रहनु भएकी शर्माले भोली बस्ने संसद बैठकमा स्वर्गद्धारी गुठी पिडित किसानको  माग सम्बोधन गर्न  फाष्टट्र¥र्याक मार्फत बिधयेक ल्याई किसानलाई जग्गा उपलब्ध गराउँने बिषयमा सरकारको ध्यानाकर्षण गराउँने बताएकि हुन । आन्दोलनको प्रतिनिधी सभा सदस्य नारायणी शर्मा प्रतिक्षा,रुपा चौधरी र पूर्वराज्यमन्त्री सुसिला श्रीपालीले पनि समर्थन गरेकि हुन ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस