२०८३ साउन २५ गते सोमवार | 2026 August 10th Monday

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माओवादी केन्द्रमा

काठमाडौ, २३ माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन । 

यसरी प्रवेश गर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य एव पूर्व काठमाडौ जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास के. सी.,इन्द्र राई, आशा रानालगायत रहेका छन ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरु ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताएका हुन । उनले अहिले देशव्यापी रुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण हुँदै जाने बताएका हुन । क्रान्तिका उपलब्धि संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी एक ठाउँमा आउनुपर्ने उनले स्पष्ट पारे । 

माओवादी फुटाउने कुरा क्रान्ति नभएको अब अनुभवबाट पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै सपना पूरा गर्न सकिने बताएका हुन । क्रान्तिकारी आन्दोलनमा जुन तहमा नेतृत्व गर्नुभएको थियो, त्यही अनुसारको जिम्मेवारी दिइने स्पष्ट गर्दै उनले पार्टी बनाउन आ-आफ्नो ठाउँबाट अभियानमा लाग्न निर्देशन दिएका हुन ।

प्रवेश गर्नेहरूले विभाजनबट पाठ सिकेर त्यताबाट क्रान्ति हुन्न भन्ने निस्कर्षसहित माओवादी केन्द्रमा समायोजन हुन आएको बताएका हुन ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस