२०८३ असोज १२ गते सोमवार | 2026 September 28th Monday

प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्ले

दाङ, २८ माघ । प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिप वाग्लेलाई चयन गरिएको छ । सोमबार प्रदेशको राजधानी भालुवाङमा भएको तेस्रो अधिवेशनले वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा भुपेन्द्र वली , समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्ष देवि गुरूङ, महासचिबमा कमल रायमाझी, सचिबमा तिलाचन पार्दे, महिला सचिवमा अनिता पोख्रेल, जनजाती सचिबमा जितेन्द्र बुढा, दलित सचिबमा भरत नेपाली, सचिबमा जिवलाल सुबेदी, कोषाध्यक्षमा प्रकाश वैद्यलाई चयन गरिएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा मिन अधिकारि चयन गरिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस