२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष वलीद्धारा पत्रकार सम्मेलन

दाङ, २ फागुन । शान्तिनगर गाउँपालिकाको कार्यपालिका बैठकबारे जानकारी नदिएको भन्दै २ नम्बरका वडाध्यक्ष सुनिल वलीले आपत्ति जनाएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यपालिकाको बैठक बस्नुभन्दा तीन दिन अगाडि तथा एजेण्डाको बारेमा २४ घण्टाअघि जानकारी दिनुपर्ने नियम हुँदा पनि आफूलाई जानकारी नै नदिई गत माघ २९ गते बसेको १० औं कार्यपालिका बैठकप्रति आपत्ति जनाएका हुन् । वडाध्यक्ष ओलीले विज्ञप्ति मार्फत भनेका छन् आफ्नो स्वार्थ र सत्ताको बलमा नियम उल्लङ्घन गर्दै शान्तिनगर गाउँपालिकाले गरेको यो कार्य निन्दनीय छ, यस्तो कार्यले म मात्र नभई समग्र शान्तिनगर गाउँपालिका वडा नम्बर २ का बासीलाई धोका दिएको जानकारी गराउँद छु । 

भनी आपत्ति जनाएको थिएँ सोही विषयलाई लिएर शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै मैले लेखेको विषयलाई भ्रमित, पूर्वाग्रही, तथ्यहीन र अफवाह फैलाएको भन्दै गाउँ कार्यपालिकाको बैठकबारे फोन र ग्रुप च्याटबाट जानकारी गराएको भनेको प्रति मेरो ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा भने अनुसार मलाई कुनै पनि फोन नआएको र ग्रुप च्याटमा खबर गरिएको भन्ने कुरा विज्ञप्तिमा उल्लेखित गरेको हुँदा म उक्त ग्रुपमा नभएको समेत जानकारी गराउँदै वडा कार्यालयको आधिकारिक मेलमा समेत बैठक बारे कुनै सूचना नआएको सम्पूर्ण शान्तिनगर गाउँपालिका बासीलाई जानकारी गराउँछु ।

त्यस्तै वडाध्यक्ष ओलीले आफू स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षले विभिन्न किसिमका वडावासी तथा गाउँपालिका बासीको मुद्दाहरू उठाउँदै आइरहेको विषयमा गाउँ कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै मेरा मुद्दाहरू ओझेलमा पार्दा नागरिकहरूले दुःख पाइरहेको अवस्था रहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् । साथै आफू जनताको सेवाको लागि निर्वाचित जनप्रतिनिधि भएको हुँदा यस्ता विभिन्न किसिमका भ्रामक कपोकल्पित कुराहरू विश्वास नगर्न समेत शान्तिनगर बासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस