दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरमा रहेको कोमल होटल एण्ड रिसोर्टको उद्घाटन गरेका छन् । सोमबार नेकपा एमालेकी नेतृ कोमल ओलीले सञ्चालन गरेको अत्याधुनिक सुविधा सम्पन्न रिसोर्टको उद्घाटन गरेका हुन् । यस अघि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि समय व्यस्तताका कारण सम्भव भएको थिएन ।
नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्न दाङ आएको अवसरमा प्रधानमन्त्री ओली हेलिकप्टर मार्फत टरिगाउँ एयरपोर्टमा उत्रिएर कोमल रिसोर्ट पुगेका थिए । ३ करोड लगानीमा केही समय अघि मात्र रिसोर्ट सञ्चालनमा आएको सिइओ नरेन्द्र वलीले जानकारी दिए । सो अवसरमा थारू तथा मयुर नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
